जेष्ठताका आधारमा बैकुण्ठप्रसाद अर्याल सचिवमा बढुवा
काठमाडौं। सरकारले जेष्ठताका आधारमा बैकुण्ठप्रसाद अर्याललाई बढुवा गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए। अर्याल सुदूरपश्चिम प्रदेशका कायममुकायम प्रमुख सचिवको छन्। शिक्षा प्रशासनतिरका गोरखा नारेश्वरका अर्याल सचिवमा बढुवा भएर सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन भएका हुन्। जेष्ठताका आधारमा एकल सिफारिस भएका अर्याललाई सरकारले सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस