दशै अगाडी कोरोनाको तेस्रो छाल


डा बासुदेव पाण्डे, भाइरस विज्ञ

विश्वभर कोरोनाको दोस्रो छालको समाप्ती सँगै तेस्रो छालको कुरा उठिरहेको छ, हामी कतिको जोखिममा छौँ ?

कोरोना बिरुद्ध बिजय प्राप्त गर्न हामीले खोप लगाउँन सकेनौं । हाल सम्म पहिलो डोज खोप लगाउने ६ प्रतिशत र दोस्रो मात्रा लगाउने नागरिक २ प्रतिशत मात्रै छन् । करिब तीन करोड नेपाली भएको देशमा कति मानिसहरुलाई हड युमिनिटी भयो कतिलाई एन्टिबडी भयो भन्ने कुनै तथ्यांक छैन । सरकारले अहिले अनुसन्धान गर्ने भनेको छ, तर काम सुरु भइसकेको छैन । यो बेला सरकारले कतिलाई एन्टिबडी बन्यो भन्न सकेको अवस्था पनि छैन । त्यसैले नेपालमा तेस्रो छालको कुरा उठिरहेको छ ।

नयाँ भेरिएन्टको कुरा पनि त आएको छ ?

हो । नयाँ डेल्टा प्लस भाइरस देखिएको छ । त्यस पछि पनि धेरै नयाँ भाइरसहरु देखिएको हुनु पर्छ । तर, हामीले त्यसको कुनै अनुसन्धान नै गरेनौं । नेपालमा नै नयाँ भाइरस पत्ता लगाउने उपकरणहरु धेरै जडान भइसकेका छन् । तर, अहिले पनि बेला बेला परिक्षण गर्न विश्व स्वास्थ्य संगठनको प्रयोगशाला हङ्कङ पठाउनु परेको छ । नियमीत सिक्वेन्सिङ गर्ने काम नभएकाले कति जोखिममा हामी छौँ भन्ने सकिने अवस्था छैन । अहिले जुन नयाँ भाइरस डेल्टा प्लस देखिएको छ यसले पनि सबै समूदायलाई उत्तिकै संक्रमण गराउँछ भन्ने कुरा पत्ता लागेको छ ।

रोग लागेर वा भ्याक्सिन लगाएर बनेको एन्टिबडीको अवस्था अब के हुन्छ ? डेल्टा भाइरसलाई भ्याक्सिनले काम गरेको देखियो । अब डेल्टा प्लस आएको छ यसमा भ्याक्सिनले काम गर्छकी गर्दैन अध्ययनकै विषय छ । एन्टिबडीको मात्रा क्रमश घट्ने भएकाले खोप लगाएर बसेपनि डेल्टा प्लसले प्रभावित बनाउने जोखिम देखिएको छ ।

लकडाउन चाडो खुले जस्तो लाग्दैन ?

हामीले चाडै लकडाउन खोल्ने निर्णय ग¥यौं यो अर्को ठुलो दुर्घटना हो । स्मार्ट लकडाउन भनियो मानिसहरुले बुझेकै छैनन् । स्मार्ट लकडाउनले फेरी रोग कम भयो भन्ने आम मानिसको बुझाइ छ ।

अगाडीका भाइरसले दुई देखि तीन दिनमा पुर्णरुपमा शरिर भित्र प्रवेश गरी फोक्सोमा असर गर्दै आएको थियो । डेल्टा प्लसले सिधै शरिरभित्र प्रवेश गरी फोक्सोलाई ड्यामेज गर्ने सम्भावनाहरु पनि देखिएका छन् । बच्चा देखि वृद्ध सबै उमेरमा यसले तिब्र रुपमा संक्रमण गराउँन सक्ने बुझिएको छ ।

भनेपछि तेस्रो छाल सुरु हुने चरणमा छौं हामी ?

कोरोना संक्रमणदर घटेको छैन । संक्रमणदर ५ प्रतिशत भन्दा मुनि भएको अवस्थामा मात्रै राम्रो मानिन्छ । तर, अहिले पनि २५ प्रतिशतको हाराहारीमा पोजेटिभ छन् । परिक्षण ज्यादै कम भएको छ । जति परिक्षणलाई बढाउन सकिन्छ त्यतीनै धेरै संक्रमित पुष्टि हुन्छन् ।

यही अवस्थाले आगामी एक देखि डेढ महिनामा पुन केस बढ्ने सम्भावना देखिएको छ । डेल्टा प्लस र अहिले संक्रमण अपेक्षा अनुसार नघट्नुले तेस्रो छालतर्फ अग्रसर गराएको बुझिन्छ ।

भ्याक्सिन आगामी २४ असारबाट नियमीत आउँछ भनेको छनीत ?

मानिसहरुमा छाडापन बढ्दै गएको छ । सरकारले भ्याक्सिन आउँदैछ भनेको छ । भ्याक्सिन आएपनि दुई हप्ता भित्र आएर सबैले लगाउन पाएको खण्डमा केही राहत हुन सक्छ । तर, यस विचमा सबै उमेर समूहमा खोप लगाउन सकिएन भने एक दुई महिना भित्र दशै अगावै तेस्रो छाल आउँनेछ । सरकारले सकेसम्म चाडो भ्याक्सिन नागरिकलाई लगाउनु पर्छ । साथै भ्याक्सिनले काम गरे नगरेको पनि अध्ययन नियमीत हुनुपर्छ । सरकारले अहिले नै एक्टिभ केस भएका ठाउँहरुमा बन्द गर्नुको विकल्प छैन ।

अहिलेको अवस्थामा कोरोना परिक्षण चित्तबुझ्दो छ त ?

अहिले सरकारले गरेको जस्तो कोरोना परिक्षणले केस नियन्त्रण हुदैन । वैज्ञानीकहरु भनेर अवार्ड लिएर मात्रै हुदैन । कस्ता खालका विधि ल्याएर छिटो भन्दा छिटो कोरोना परिक्षण गर्न सकिन्छ त्यसबारे चासो दिनु पर्छ । एन्टिजेन परिक्षण नै बढाएपनि धेरै समस्या समाधान हुन्छ । सिमा नाकाहरुमा अझै कडाइ भएको छैन ।

विगतमा टोल टोलमा कोरोना परिक्षण गरिएको थियो । तर, अहिले अस्पताल केन्द्रित परिक्षण बाहेक हुन सकेन । पहिलो फेजमा समुदाय स्तरमा ७५ प्रतिशतमा कोरोना परिक्षण भएको थियो भने, दोस्रो छालमा ३३ प्रतिशत मात्रै भएको छ । मन्त्रालयका कर्मचारीहरु समूदायमा केस भएपछि परिक्षण गरेर काम छैन भनेर बसे । कन्ट्याक ट्रेसिङ् गर्नु पर्दैन भने तर, कन्ट्याक ट्रेसिङ् कहिले पनि कम हुदैन ।

क्याटेगोरी : अन्तर्वार्ता

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com