सुदूरपश्चिम पठाइएका सहसचिव जोशीले छाडेनन् वाणिज्य मन्त्रालय
काठमाडौं। सुदूरपश्चिम प्रदेश सरूवा भएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव देवराज जोशीले मन्त्रालय नछाडेको पाइएको छ।
जोशीको एक महिना अघि नै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय वा अन्तर्गत सरूवा भएको थियो। तर, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखा प्रमुखको जिम्मेवारी रहेका जोशीले अझै मन्त्रालय छाडेका छैनन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सरूवा भएर गएका नारायणप्रसाद अर्याल उद्योग मन्त्रालयमा हाजिर भइसकेका छन्। जोशी भने मन्त्रालय छाडेर सरूवा भएको ठाउँमा गएका छैनन्।

ट्याग : #सहसचिव देवराज जोशी


तपाईको प्रतिक्रिया दिनुहोस