कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसारमा चिकित्सकहरु लागेकोमा काउसिन्लको ध्यानाकार्षण
काठमाडौं। नेपाल मेडिकल काउन्सिलले काउन्सिलमा दर्तावाला केही चिकित्सकहरुले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार प्रयोजनका लागि आफ्नो नाम, फोटो तथा प्रचार गरेको डिग्री साईनबोर्ड, ब्रोसर, पम्प्लेट आदि प्रचारप्रसार सामाग्रीहरुमा राखि शैक्षिक परामर्श गरिरहेको उजुरीको सम्बन्धमा गम्भीर ध्यानाकार्षण जनाएको छ।
काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवले आज एक विज्ञप्ती निकालेर यस्तो ध्यानाकार्षण गराएका हुन् । देवले काउन्सिलको कोड अफ इथिक्स र प्रोफेश्नल कन्डक्ट्सको बुँदा नम्बर ५ (ए) नै उल्लेख गरेर यस्तो कार्यले आचार संहिताको उल्लंघन हुने जनाएका छन् ।


तपाईको प्रतिक्रिया दिनुहोस