प्रेम राईले ढालेका नेपालका दुई ठूला माछा
समाचार टिप्पणी
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नेतृत्वमा प्रेमकुमार राई आएपछि के-के भए ति तपशिलका कुरा हुन्। उनको नेतृत्वमा भए, गरेका कुरालाई विभिन्न कोणबाट टिकाटिप्पणी गर्ने गरिन्छ। प्रेम राई नेतृत्वको अख्तियारले लिएको दुईवटा ‘एक्सन’ भने नेपालको इतिहासमा ‘दर्ज’ हुनेछ। उनले नेपालका दुुई ठूला र शक्तिशाली माछा सहजै ढालिदएकाए छन्। ति दुई ठूला माछा हुन् सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदिप अधिकारी।
राई नेतृत्वको अख्तियारले सत्ता नै हल्लाउने शक्तिशाली आईटी माफिया विकल पौडेललाई नउठ्ने गरी ढालिसकेको छ। अहिले फेरि जुन सत्ता आएपनि आफू अनुकूल घुमाउने प्रदिप अधिकारीलाई राईले नराम्रोसँग ढालिदिएका छन्। आधा दर्जन बढी भ्रष्टाचारका मुद्दा लागेर ‘जेल’को हावा खाइरहेका विकल पौडेलको सारथि बन्न प्रदिप अधिकारी जाने भएका हुन्। अख्तियारले अधिकारीविरुद्ध विशेष अदालतमा पहिलो मुद्दा दायर गरेको छ। अख्तियारको हिरासतमा रहेका प्रदिपविरूद्ध विकलको जस्तै आधा दर्जन भ्रष्टाचारका मुद्दा ‘पाइपलाइन’मा रहेको बुझिन्छ।
सरकारदेखि राज्यका निकाय आफ्नै नियन्त्रणमा रहेको जस्तो गर्ने र त्यसरी नै चलाउने आईटी माफिया विकल अहिले नउठ्ने गरी ढलेका छन्। अमेरिकामा रहेकी श्रीमती पनि भ्रष्टाचारमा डामिएकी छिन्। हवाई माफिया प्रदिपको पनि त्यहिँ हालत हुने देखिन्छ। नेपाली सेनामा कार्यरत प्रदिपको श्रीमतीको अवस्था पनि विकलको जस्तै हुने खतरा बढेको हो।
जुन सरकार प्रधानमन्त्री, मन्त्री र सचिव आएपनि किनिदिन्छु भनेर धाक लगाउने र त्यस्तै गर्ने प्रदिप प्रेम राईको फेला परेका छन्। पहिला आईटी विकलले राईलाई महाभियोग लगाएर ठिक पार्छु भन्ने गरेका थिए। उनी राईको फेला परेर अहिले कारागारमा दैनिकी बिताइरहेका छन्। प्रदिपले पनि राईलाई ठिक पार्छु भन्दै विभिन्न हत्कण्डा अपनाएका थिए। उनी पनि भ्रष्टाचारमा डामिएर अख्तियारको हिरासतमा पुगेका छन्। राई नभएको भए विकल र प्रदिपको साम्राज्य कसैले पनि ढाल्ने हिम्मत गर्दैन थियो। यसमा राईको ठूलो हिम्मतले काम गरेको छ।
आईटी माफिया विकल र हवाई माफिया प्रदिपलाई ‘साइज’मा ल्याएका राईलाई दबाई माफिया नारायणप्रसाद ढकालले चुनौती दिइरहेका छन्। आईटी माफिया विकल र हवाई माफिया प्रदिपको भन्दा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणको कर्तुत कम देखिँदैन। उनको विषयमा पनि विकल र प्रदिपको जस्तै मानेर ‘एक्सन’ लिनुपर्ने देखिन्छ। नारायणको स्वभाव र कार्यशैली विकल र प्रदिपको जस्तै रहेको छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस