कानुनका सचिव फणिन्द्र गौतम अनिवार्य अवकाशमा, सचिव हुने पालो सापकोटाको


काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव फणिन्द गौतमले अनिवार्य अवकाश पाएका छन्। ५८ वर्ष उमेर हदका कारण उनले बिहीबारदेखि अनिवार्य अवकाश पाएका हुन्।

२०८० भदौं २१ गते नेपाल न्याय सेवा कानुन समूहको सचिवमा बढुवा भएका गौतम दुई वर्ष ३ महिना सचिव चलाएर घर गएका हुन्। हक्की स्वभावका गौतमको अभाव कानुन समूहमा खड्किने छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख सूर्यनाथ उपाध्याय निकट रहेर राजस्वमाराहरूलाई भागाभाग बनाएका गौतम सरकारी सेवाबाट बिदा भएका छन्।

सचिव गौतमको अनिवार्य अवकाशसँंगै रिक्त स्थानमा पुष्कर सापकोटाको बढुवा हुने भएको छ। कानुन समूहका सिनियर सहसचिव कलानिधि पौड्याल भ्रष्टाचारमा डामिएर निलम्बन भएकाले सापकोटाको भाग्य चम्किएको हो। २०३० साल कार्तिकका सापकोटा ५ वर्ष नै सचिव चलाउनेमा पर्छन्। हाल अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत सहसचिव सापकोटा मंसिरमै सचिवमा बढुवा हुने देखिन्छ। २०७३ चैत २९ गते सहसचिव बनेका सापकोटा सात वर्षमै सचिव हुने भएका छन्। प्रशासनमा सचिव हुन १२ वर्ष लाग्दा कानुनमा ९ वर्षमै सचिव हुने पालो आएको छ। कलानिधि निलिम्बित भएकाले सापकोटाको सचिव हुने पालो आएको हो।

 

क्याटेगोरी : समाचार
ट्याग : #पुष्कर सापकोटा, #फणिन्द्र गौतम

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ