क्यानको डिजी बन्न तिवारी र कर्णबीच मुख्य प्रतिस्पर्धा



काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक बन्न प्रतातबाबु तिवारी र देवचन्द्रलाल कर्णबीच प्रतिस्पर्धा देखिएको छ। क्यानका महानिर्देशक (डिजी) प्रदिप अधिकारी भ्रष्टाचार मुद्दामा डामिएर निलम्बनमा परेपछि उक्त ठाउँमा सरकारले नयाँ डिजी बनाउने तयारी गरेको हो। अधिकारी गएपछि रिक्त उक्त ठाउँमा तिवारी र कर्णबीच मुख्य प्रतिस्पर्धा देखिएको हो।

‘जेन-जी’ आन्दोलनको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले क्यानमा पनि वरिष्ठताका आधारमा डिजी बनाउने तयारी गरेको बुझिन्छ। क्यानको डिजीको प्रतिस्पर्धामा बाह्रौं तहका प्रतातबाबु तिवारी, देवचन्द्रलाल कर्ण, हंसराज पाण्डे, प्रेमनाथ ठाकुर,जगन्नाथ निरौला रहेका छन्। यीमध्ये वरिष्ठताका आधारमा तिवारी र कर्णमध्ये एक जना डिजी हुने देखिन्छ। न्यायमूर्तिले चलाएको सरकारले वरिष्ठलाई अन्याय नगर्ने नीति लिएको देखिन्छ। प्रहरी महानिरीक्षक र मुख्यसचिवमा वरिष्ठतालाई प्राथमिकतामा राखेको सरकारले क्यानको डिजीमा पनि त्यस्तालाई निरन्तरता दिने छनक पाइन्छ।

तत्कालीन सरकारले प्रदिप अधिकारीलाई क्यानको डिजी नियुक्त गर्दा १२ औं तहका प्रतापबाबु तिवारी, भोलाप्रसाद गुरागाई, देवचन्द्रलाल कर्ण, हंसराज पाण्डे, गोविन्द दाहाल र प्रेमनाथ ठाकुरलाई अन्याय गरेको थियो। ११ औं तहका कनिष्ठ अधिकारीलाई क्यानको डिजी बनाउँदा अहिले क्यानमा लुटको साम्राज्य खडा भएको छ। उक्त साम्राज्यलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ढालिदिएपछि सरकारलाई क्यानमा नयाँ डिजी बनाउनु पर्ने बाध्यता आइपरेको छ।अधिकारी ढल्दा तिवारी र कर्णबीच एक जनाको भाग्य चम्किने भएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ