नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको प्रतिस्पर्धामा रहेका तिवारी र पाण्डेय भ्रष्टाचारमा डामिए
काठमाडौं। नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको प्रतिस्पर्धामा रहेका प्रतापबाबु तिवारी र हंसराज पाण्डेय भ्रष्टाचार मुद्दामा डामिएका छन्।
क्यानका महानिर्देशक (डिजी) प्रदिप अधिकारी भ्रष्टाचार मुद्दामा डामिएर निलम्बनमा परेपछि तिवारी, पाण्डेय, देवचन्द्रलाल कर्ण
प्रेमनाथ ठाकुर र जगन्नाथ निरौला क्यानको डिजी खान प्रतिस्पर्धामा थिए। उनीहरू क्यानका बाह्रौं तहका अधिकृत हुन्।
तिवारी र पाण्डेय भ्रष्टाचारमा डामिएपछि डिजीको प्रतिस्पर्धा कर्ण, ठाकुर र निरौलामा सीमित भएको छ।
(क्यान) हेर्ने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डंगोललाई जिम्मेवारी बाह्रौं तहमा अधिकृतहरू हेरेको हेऱ्यै भएका थिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा डामेपछि तिवारी र पाण्डेय स्तब्ध भएका छन्। क्यानका महानिर्देशक प्रदिप अधिकारीसँगै तिवारी र पाण्डेय पनि निलम्बनमा परेका हुन्।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा तिवारी, पाण्डेयसहित ५४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। पूर्वमन्त्री र सचिवसहित ठूलो संख्यामा भ्रष्टाचारमा डामिएका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस