मनोज भट्ट समाज कल्याण परिषद्को ‘सदस्य-सचिव’ कै हैसियतमा प्रस्तुत हुँदै


काठमाडौं। मंसिर २ गतेबाट ४ वर्षे कार्यकाल सकिएर घर गएका समाज कल्याण परिषद्का सदस्य-सचिव मनोज भट्ट अहिले पनि सदस्य-सचिव कै हैसियतमा प्रस्तुत भएका छन्।

कञ्चनपुरको दोधारमा चाँदनी नगरपालिकाका मेयर किशोरकुमार लिम्बुले भट्टलाई समाज कल्याण परिषद्को सदस्यसदस्य-सचिव कै हैसियतमा प्रस्तुत गरेका छन्। मेयर लिम्बुले कार्यकक्षमा पुगेका भट्टलाई समाज कल्याण परिषदका सदस्य-सचिव कै हैसियतमा परिचित गराएका हुन्।

भट्ट नयाँ विकास साझेदारी दुई वटा अन्तर्राष्ट्रिय संस्था समेत आफ्नो नगरपालिकामा प्रवेश गराएकोमेयर लिम्बुले जानकारी गराएका छन्। यी संस्थाहरूको विद्यालयमा शिक्षाको गुण स्तर वृद्धिमा कार्यक्रमहरू संचालन गरेर स्थानीय सरकारलाई सहयोग पुर्याउने उद्देश्य लिएको उनको भनाइ छ।

पेसवन संस्था मार्फत सरकारले दिएको दिवा खानामा एक विद्यार्थी बराबर ५० रुपैयाँ थप गर्ने कार्यक्रम लागू हुने समेत मेयर लिम्बुले बताएका छन्। भट्टले सदस्य-सचिवको हैसियतमा प्रयोग गरेका पुरै सामान बरबुझारथ नगरी हिँडेपछि परिषद्भित्र लफडा परिरहेको छ। उनी भने सदस्य-सचिव कै हैसियतमा कञ्चनपुर पुगेको पाइन्छ। यता भट्टले भने, आफुले समाजकल्याण परिषद्का कुनै पनि सामान र सवारीसाधन उपयोग नगरेकाे स्वास्थ्य लाइभलाई स्पस्ट पारेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ