भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। भिजिट भिसा प्रकरणमा सहसचिव तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सहसचिव भट्टराईसहित ७ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले सहसचिव भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा गरेको हो।
अख्तियारले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा सहसचिव भट्टराईविरुद्ध झन्डै ७९ लाख र शाखा अधिकृत अर्यालविरुद्ध ५ लाख बिगो माग दाबी गरिएको छ। अन्य प्रतिवादी भने बिचौलिया रहेको अख्तियारले जनाएको छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस