कार्की सरकारमा कानुन पृष्ठभूमिका मात्रै ४ जना 


काठमाडौं। सुशीला कार्की नेतृत्वको सरकारमा ४ जना कानुन पृष्ठभूमिका ४ जना व्यक्ति समेटिएका छन्। कार्की नेतृत्वको १४ सदस्यीय मन्त्रिपरिषद्मा ४ जना कानुन पृष्ठभूमिका व्यक्तिहरू समेटिएका छन्।

प्रधानमन्त्री कार्की आफै कानुन पृष्ठभूमिकी व्यक्ति हुन्। कार्की वकालत पृष्ठभूमिबाट सर्वोच्च अदालतको न्यायाधीश, प्रधानन्यायाधीश हुँदै प्रधानमन्त्री भएकी हुन्।

गृहमन्त्री ओमप्रकाश अर्याल पनि कानुन पृष्ठभूमि कै हुन्। वकालतमा निकै सक्रिय अर्याल प्रधानमन्त्री कार्कीका विश्वासपात्र हुन्। उनलाई प्रधानमन्त्री कार्की कै चाहना बमोजिम गृहमन्त्री बनाइएको हो।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा पनि वकिलबाट सर्वाेच्च अदालत न्यायाधीश हुँदै मन्त्री बन्ने व्यक्ति हुन्। सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको छ। सिन्हाले हेर्दै आएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पनि कानुन पृष्ठभूमि कै कुमार इङनामलाई बनाइएको छ। कानुनका प्राध्यापक इङनाम सिन्हाले हेर्दै आएको मन्त्रालयको कमाण्ड सम्हाल पुगेका हुन्।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ