राजेश बज्राचार्यलाई जोगाउन सरकारी वकिलहरू लागिपरेपछि ‘जेन-जी’ अगुवाहरू आक्रोशित


काठमाडौं।  नेपाल ट्रष्टको जग्गा घोटालामा यती समूहसँग घर घूस लिएका राजेश बज्राचार्यलाई सरकारी वकिलले जोनाउन खोजेपछि ‘जेन-जी’ अगुवाहरू आक्रोशित भएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) केपी शर्मा ओलीका स्वकीय सचिव बज्राचार्यको घर यती समूहले दिएको प्रमाणसहित मुद्दा चलाउन सिफारिस गरेपनि सरकारी वकिलहरूले गेम खेलेपछि ‘जेन-जी’ अगुवाहरू रूष्ट भएका हुन्।

जेन-जी सरकार बनाउने सरोकारवालाहरूमध्येको एक अभिषेक राज सिंहले सुशासनका निम्ति काम गरिरहेकाहरुको समस्या नसुल्झाउने अनि हामीले गर्दा भयो भनेर धक्कु लगाउने सरोकारवालाहरुका निम्ति भन्दै ब ध्यानाकर्षण गराएका छन्।

नेपाल ट्रष्टसन्बधी मुद्दामा सिआईबीले आरोपितसँग मात्र होइन, प्रमाण संकलन भइसकेपछि पनि म्याद थप्न जाँदा , मुद्दा अभियोजन गर्दा लेनदेनमा परि अवरोध सिर्जना गर्ने केही सरकारी वकिलसँगसमेत जुध्नुपरेको देखिएको सिंहको टिप्पणी छ। यस्ता आचरणविपरीत गतिविधि गर्नेलाई समयमै कारबाही गरी सिआईबीलाई सहयोग गर्नु आवश्यक रहेको उनको बुझाइ छ।

सिंहल यस्तो लेखेका छन्,

आखिर सरोकारवालाको ध्यान कहाँ केन्द्रित छ ।

सुशासनका निम्ति बनेको सरकारको सम्बधित पदम बसेकालाई – कुरीकुरी।

र हालसम्म म्याद थपका लागि लगियकाहरुलाई के , किन , कसरी छोडियर अनुसन्धान भाडियो छानबिन होस !

र हालसम्म म्याद थपका लागि लगियकाहरुलाई के , किन , कसरी छोडियर अनुसन्धान भाडियो छानबिन होस !

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ