कानुन सचिव ढुंगानालाई पूर्वसचिव गौतमको सुझाव, ‘परिष्कृत कानुन निर्माणमा ध्यान दिनुहोस्’


काठमाडौं। पशुपति क्षेत्र विकास कोषको सदस्य-सचिव मनोनित गर्दा साइत हेरेका कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगानालाई पूर्वसचिव फणिन्द्र गौतमले सान्दर्भिक सुझाव दिएका छन्। कानुनमाभन्दा ज्योतिषशास्त्र बट्ता ध्यान दिन थालेपछि ढुंगानालाई गौतमले ‘लिक’मा ल्याउने प्रयास गरेका हुन्।

कानुन सचिव ढुंगानाले पञ्चाङ्गको विषयमा केन्द्रित भएर कानुनको कुरामा चुक्न थालेको चर्चाबीच पूर्वकानुन सचिव गौतमले आफ्नो पदीय जिम्मेवारी अनुसारको काममा ध्यान दिन सुझाव दिएका हुन्।

कानुन सचिव ढुंगानाले पञ्चाङ्ग गणनाको विधिमा ध्यान केन्द्रित गर्न थालेपछि पूर्व कानुन सचिव गौतमले फेसबुकमै ‘यो पदीय जिम्मेवारीमा रहदासम्म परिष्कृत कानून निर्माणमा ध्यान दिनुहोस् सर, पात्रोको चिन्तन अन्य ज्योतिषहरूलाई छोडिदिनुस्।’, भन्ने सुझाव दिएका छन्।

कानुन सचिव ढुंगाना कानुनका विषयमाभन्दा पनि ज्योतिषशास्त्रमा लाग्न थालेपछि गौतमले ‘लिक’मा ल्याउने प्रयास गरेका हुन्।

क्याटेगोरी : जीवनशैली, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ