अदालतको आदेशपछि रोकियो राप्ती प्रतिष्ठानको उपकुलपति नियुक्ति प्रक्रिया 


काठमाडौं। तुल्सिपुर उच्च अदालतको अन्तरिम आदेशपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको छ। प्रतिष्ठानमा कार्यरत डा. जनार्दन पन्थीले हालेको रिटमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएपछि राप्ती प्रतिष्ठानको उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको हो। उक्त प्रक्रियालाई लिएर राष्ट्रिय चिकित्सक संघनेपालले समेत बिराेध जनाएको छ । यश बिषयमा नेपाल चिकित्सक संघ अहिले सम्म माैन बसेकाे छ ।

राप्ती प्रतिष्ठानको उपकुलपतिमा सरकारी चिकित्सक रोक्ने प्रयास गरेको भन्दै डा. पन्थीले तुल्सीपुर उच्च अदालमा रिट हालेका थिए। मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले उक्त रिटको सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश दिएको हो। उपकुलपति नियुक्तिका सबै प्रक्रिया रोकेर पुस ८ गतेका लागि अदालतले दुबै पक्षलाई छलफलमा बोलाएको छ। उक्त आदेशसँगै राप्ती प्रतिष्ठानमा उपकुलपति नियुक्तिको प्रक्रिया तत्कालका लागि स्थगित भएको हो।

बीपी, पाटन, न्याम्स्, पोखरा, कर्णालीमा ११ औं तह योग्य हुने तर राप्तीमा नहुने व्यवस्था रहेको भन्दै पन्थी अदालत पुगेका हुन्। प्रतिष्ठानको छैटौं सिनेटले नियमावली संशोधन गर्न सहमत भइ समिति बनाएतापनि सरकारले अनदेखा गरेको उनको आरोप छ। उक्त विषय अब अदालतमा परीक्षण हुनेछ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ