मापदण्डविपरीत पशुपतिको सदस्य-सचिव बनेका शर्माले पदभार सम्हाले
काठमाडौं। मापदण्डविपरीत पशुपतिको सदस्य-सचिव बनेका प्रकाशमणि शर्माले पदभार सम्हालेका छन्। ६७ वर्षीय शर्माले बुधबार बिहानै पशुपति क्षेत्र विकास कोषको सदस्य-सचिवको पदभार ग्रह गरेका हुन्।
पर्यटन मन्त्रालयले बनाएको नियुक्तिसम्बन्धी मापदण्डमा ६५ वर्ष ननाघेको व्यक्ति कोषको सदस्यसचिव बन्न सक्ने व्यवस्था छ। तर, ‘जेन-जी’ शहीदहरूको रगतमा लत्पतिएर बनेको सरकारका पर्यटनमन्त्री अनिलकुमार सिन्हाले पशुपतिमा ६७ वर्षीय शर्माले सदस्य-सचिव बनाएका थिए। उनै शर्माले पशुपति पुगेर पदभार ग्रहण गरेका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस