आत्मदाह प्रयास गरेकी युवती आईसीयूमा
काठमाडौं । ललितपुरस्थित पाटन उच्च अदालत परिसरमा एक युवतीले आत्मदाहको प्रयास गरेकी छन्। गम्भीर अवस्थामा रहेकी ती युवतीको हाल पाटन अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ।
प्रहरीका अनुसार करिब ३० वर्ष उमेरकी ती युवतीले बिहीबार अदालत परिसरमै शरीरमा आगो लगाउने प्रयास गरेकी थिइन्। घटनापछि तत्काल उद्धार गरी उनलाई पाटन अस्पताल पुर्याइएको थियो। चिकित्सकको निगरानीमा अहिले पनि उपचार जारी रहेको बताइएको छ।
प्रहरी स्रोतका अनुसार कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनाली प्रतिवादी रहेको एक मुद्दामा अदालतले धरौटीमा छाड्ने आदेश दिएपछि उक्त घटनासँग जोडिएको तनावका कारण युवतीले आत्मदाहको प्रयास गरेको प्रारम्भिक अनुमान गरिएको छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस