वीर अस्पतालमा ‘पेण्डुलम’ बनाउन सहसचिव अधिकारीलाई पठाइयो
काठमाडौं। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालमा पेण्डुलम बनाउन सहसचिव गोविन्दप्रसाद अधिकारीलाई पठाइएको छ। सहसचिवको दरबन्दीको आवश्यक र औचित्य नै नरहेको वीरमा अधिकारीलाई ‘पेण्डुलम’ बनाउन पठाइएको हो।
वीर अस्पताल एक महिना ‘पेण्डुलम’ बनेर सहसचिव रितेशकुमार शाक्य राष्ट्रपति कार्यालय पुगेका छन्। उक्त ठाउँमा एक वर्षदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बरण्डामा हाजिर गर्दै जागिर खाँदै आएका अधिकारी वीरमा पुगेका हुन्।
सरकारले एकैचोटी ६० जना सहसचिव चलाउदा वीर अस्पतालबाट शाक्यलाई झिकेर अधिवकारीलाई पठाएको हो।

ट्याग : #गोविन्द प्रसाद अधिकारी, #रितेश कुमार शाक्य



तपाईको प्रतिक्रिया दिनुहोस