यी हुन् सिडिओ खान गृह मन्त्रालय भित्रिएका सहसचिवहरू


काठमाडौं। सरकारले प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनाउन ७ सहसचिवलाई गृह मन्त्रालय भित्र्याएको छ। गृह मन्त्रालयबाट ८ सिडिओ र ५ सहसचिवसहित १३ जना आउट भएका छन्। गृह मन्त्रालयमा भने ७ जना सहसचिव भित्रिएका छन्।

सिडिओ खानका लागि सहसचिवहरू रेखा कँडेल, निश्चलराज पाण्डे, मदन कोइराला, राजन पौडेल, लक्ष्मीप्रसाद पौडेल, उमेश ढुंगाना र शान्तिराज प्रसाईं गृह मन्त्रालय भित्रिएका हुन्। रेखा कँडेल राष्ट्रिय महिला आयोगको सचिवबाट गृहमा छिरेकी हुन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रशासन महाशाखा हेर्ने सहसचिव निश्चलराज पाण्डे र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रशासन हेर्ने सहसचिव मदन कोइराला एकसाथ गृह मन्त्रालय भित्रिएका छन्।

राष्ट्रिय योजना आयोगका सहसचिव राजन पौडेल र सहकारी विभागका रजिष्ट्रार उमेश ढुंगाना पनि गृहमै पुगेका छन्। त्यस्तै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र जितपुर सिमारा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय शान्तिराज प्रसाईं सिडिओ खान गृह मन्त्रालय भित्रिएका हुन्।

गृहबाट लमजुङको सिडिओ टोकराज पाण्डे, इलामको सिडिओ सुनिता नेपाल, खोटाङको सिडिओ कल्पना श्रेष्ठ, दोलखाका सिडिओ नारायणप्रसाद रिसाल, सल्यानका सिडिओ नेत्रप्रसाद सुवेदी, नवलपरासी पश्चिमका सिडिओ कृष्णप्रसाद लम्साल, सिन्धुपाल्चोकका सिडिओ बन्धुप्रसाद बाँस्तोला र बाराको सिडिओ धर्मेन्द्रकुमार मिश्र गृहबाट आउट भएका छन्। त्यस्तै सहसचिवहरू गोविन्दप्रसाद रिजाल, गोपालप्रसाद अर्याल, खिमबहादुर रायामाझी, शंकरहरि आचार्य र लिलाप्रसाद शर्मा पनि गृह मन्त्रालयबाट आउट भएका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ