यूएन मिसनमा सशस्त्रको नयाँ अभ्यासः भिआइपी कोटा हट्यो, उत्कृष्टले पाए अवसर
काठमाडौं। सशस्त्र प्रहरी आईजीपी राजु अर्यालको नेतृत्वमा उद्धार कार्य र खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने कर्मचारीहरूलाई प्रत्यक्ष रूपमा मिसनमा सहभागी गराउने नीति कार्यान्वयनमा ल्याइएको हो।
सशस्त्र प्रहरी बल नेपालले संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसन छनोट प्रक्रियामा यस वर्ष उल्लेखनीय सुधार गरेको छ। विगतमा पहुँच र भिआइपी कोटाका आधारमा हुने गरेको छनोट अन्त्य गर्दै संगठनले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई प्राथमिकता दिएर मिसनमा पठाउने निर्णय गरेको हो।
सशस्त्र प्रहरी बलमा यूएन मिसनका लागि छुट्याइएको भनिँदै आएको भिआइपी कोटा यस वर्ष औपचारिक रूपमा खारेज गरिएको छ। सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालको नेतृत्वमा उद्धार कार्य र खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने कर्मचारीहरूलाई प्रत्यक्ष रूपमा मिसनमा सहभागी गराउने नीति कार्यान्वयनमा ल्याइएको हो।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उत्कृष्ट कार्यलाई भिआइपी कोटा भन्दै दबाब दिने पुरानो परिपाटी अन्त्य गरिएको छ। सोही अनुसार विपद् उद्धार तथा खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने पाँच जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई यूएन शान्ति मिसनमा सिधै सहभागी हुने अवसर दिइएको उनले जानकारी दिए।
मिसनका लागि छनोटमा परेकाहरूमा गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्त गरी जोखिमपूर्ण परिस्थितिमा निरन्तर उद्धारमा खटिँदै आएका कर्मचारी, ‘वर्ष जवान–२०८१’ घोषित प्रहरी तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू समावेश छन्।
क्याटेगोरी : विविध


तपाईको प्रतिक्रिया दिनुहोस