जेष्ठताका आधारमा १४ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस


काठमाडौं। सरकारका १४ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन्। जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवामा १४ जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका हुन्।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको बढुवा समितिले निकालेको सूचना अनुसार नेपाल प्रशासन सेवामा १२ जना र लेखापरीक्षण सेवाका २ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन्। प्रशासन सेवामा कृष्णप्रसाद आचार्य, कृष्णप्रसाद खनाल, गंगाबहादुर क्षेत्री, सुकदेवप्रसाद बाँस्कोटा, हिरालाल चौधरी, खिमबहादुर कार्की, युगराज पाण्डे, लेखनाथ ज्ञवाली, लक्ष्मण विक्रम थापा, एकनारायण शर्मा, डमरूप्रसाद निरौला र राजन राई सहसचिवमा बढुवाका लागि सिफारिस भएका हुन्। कार्की र पाण्डे राजस्व समूहका हुन्। बाँस्कोटा लेखा समूहका र बाँकी सामान्य प्रशासन समूहका उपसचिव हुन्। ५८ वर्षे उमेर हदका कारण थापा सहसचिवमा उक्लिएर घर जानेछन्।
लेखापरीक्षण सेवा तर्फ भने परशुराम न्यौपाने र थवराज अधिकारी सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ