राष्ट्रिय किताबखानाले भौतिक उपस्थिति नभइ सेवा उपलब्ध गराउने


काठमाडौं। राष्ट्रिय किताबखानाले भौतिक उपस्थिति नभइ सेवा उपलब्ध गराउने भएको छ। शुक्रबारबाट महत्त्वपूर्ण सेवा ‘फेसलेस’ गरिएको राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेल जानकारी दिए। पेन्सनपट्टा कै लागि व्यक्ति स्वयं आउनु नपर्ने उनले स्पष्ट पारे। दुइ दिने परीक्षण सफल भएसँगै राष्ट्रिय किताबखानाको महत्त्वपूर्ण सेवा व्यक्ति उपस्थित नभइ दिने व्यवस्था सुरू गरिएको महानिर्देशक पोखरेलले जनाए। किताबखानले अब जिल्लाबाटै सेवा पाउने ‘ई-पर्सन’ प्रणाली सुरू गर्न लागेको महानिर्देशक पोखरेलले बताए।

किताबखानाका अनुसार कोर सर्भिस प्याकेज अन्तर्गत पेन्सन पट्टा, सञ्चित बिदा वापत पाउने सुविधा निर्धारण पत्र (घर र बिरामी बिदा), औषधिउपचार सुविधा निर्धारण पत्र र निवृत्तको विद्युतीय परिचयत्र (डिजिटल आईडी कार्ड) समावेश गरिएको छ। ‘कोर प्याकेज सर्भिस’को अधिकतम समय दुई घण्टा रहेको र उक्त सेवा सेवाग्राहीको भौतिक उपस्थितिबिनै दिइने महानिर्देशक पोखरेलले बताए।

किताबखानले जनाए अनुसार अवकाश हुने कर्मचारीको शतप्रतिशत फायल कम्प्युटरको स्क्रिनमा हेर्न सक्नेछन्। अवकाशप्राप्त कर्मचारीको कागजातह रेक महिनाको एक गते अघि नै सेवा कक्षको ‘ऱ्याक’मा पुगिसकेको हुने र फायल नै हेर्नु परेपनि खोजि रहनु नपर्ने किताबखानाको वाबी छ। निर्णय गर्ने अधिकृत सेवा प्रवाह बिन्दु नजिक रहने सुनिश्चित गरिने पनि किताबखानाले जनाएको छ। अग्रपङ्क्तिमा सेवाप्रति प्रतिबद्ध र सेवाग्राहीप्रति जवाफदेही कर्मचारी खटाईएको महानिर्देशक पोखरेलले जानकारी दिए।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ