मुखमा आएको सहसचिव पद छाडेर घर जान बाध्य भएका उपसचिवहरू
काठमाडौं। मुखमा आएको सहसचिव पद छाडेर केही उपसचिवहरू घर जान बाध्य भएका छन्। केही उपसचिव अवकाश भएर घर गइससेकाका छन् भने केही ५८ वर्ष पूरा भएर चालू आर्थिक वर्षमै घर जाने तयारीमा छन्। ती ‘अभागी’ उपसचिवहरू कृष्णबहादुर कटुवाल, सूर्यप्रसाद पोखरेल, डमरूप्रसाद पराजुली र रामप्रसाद मैनाली हुन्।
चालू आर्थिक वर्षमा सहसचिवको बढुवाको सूचीमा रहेका कटुवाल, पोखरेल र पराजुली बढुवाको मुखमै ५८ वर्ष लागेर उपसचिवबाटै अनिवार्य अवकाशमा जान बाध्य भएका छन्। मैनाली चालू आर्थिक वर्षको जेठमा ५८ वर्ष लागेर उपसचिवबाटै घर जानेछन्। कटुवाल सामान्य प्रशासन समूहका उपसचिव हुन् भने पोखरेल, पराजुली र मैनाली राजस्व समूहका उपसचिव हुन्। उनीहरू १४ वर्ष उपसचिवमा सेवा गर्दा पनि सहसचिवमा बढुवा हुन नपाएका हुन्।
जेष्ठताका आधारमै बढुवा हुने सामान्य प्रशासन समूहका उपसचिव कटुवाल असोज ३ गते अनिवार्य अवकाशमा गएका हुन्। २०६८ चैतमा उपसचिव भएका कटुवाल १४ वर्ष उपसचिवमै रहेर ५८ वर्ष लागेर अनिवार्य अवकाशमा गएका छन्। ४ महिना अघि नै ५८ वर्ष पुग्दा कटुवालको मुखमै आएको सहसचिव फुत्किएको हो।
राजस्व समूहका पोखरेलको पनि जेष्ठताका आधारमा सहसचिव हुने लाइनमा थिए। असारमै घर गएकाले उनले पनि सहसचिवको स्वाद चाख्न पाएनन्। कार्यक्षमताका आधारमा सहसचिवमा बढुवा हुने निश्चित रहेका राजस्व समूहका उपसचिव पराजुली पनि बढुवाको मुखमै ५८ वर्ष लागेर अनिवार्य अवकाशमा गएका छन्। उनी मुखैमा आएको सहसचिव छाडेर कार्तिक पहिलो हप्ता घर गएका हुन्। बढुवाको मुखमा घर जाँदा पराजुली सहसचिवको मुख मिठ्यार घर जान बाध्य भएका छन्।
जेष्ठताका आधारमै सहसचिव हुनुपर्ने रामप्रसाद मैनाली पनि उपसचिवबाटै घर जाने भएका छन्। उनी चालू आर्थिक वर्षको असारमा घर जाने सूचीमा छन्। अहिलेसम्म कै सबैभन्दा वरिष्ठ उसचिव मैनाली सहसचिव नभइ घर जाने भएका हुन्।
जेष्ठताका आधारमा सहसचिवको बढुवाका लागि सिफारिस भएका उपसचिव लक्ष्मण बिक्रम थापा भने १ हप्ता सहसचिव भएर घर जाने ‘भाग्यमानी’मा परेका छन्। उनी यही माघ २५ गते ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जाँदैछन्।
क्याटेगोरी : समाचारट्याग : #उपसचिव डा. रामप्रसाद मैनाली, #कृष्णबहादुर कटुवाल, #डमरूप्रसाद पराजुली, #सूर्यप्रसाद पोखरेल



तपाईको प्रतिक्रिया दिनुहोस