नेपाल मेडिकल काउन्सिलकाे उपाध्यक्षमा शेर्पा


काठमाडौं । नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डाक्टर कुञ्जन शेर्पा निर्वाचित भएका छन्। तीन दिनसम्म लगाएर गरिएको मतगणनापछि डाक्टर शेर्पा उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचनबाट एक उपाध्यक्षसहित आठ सदस्य निर्वाचित भएका छन्। सदस्य पदमा डा रविन बस्नेत, डा सारिका गाईत, डा छविलाल पन्थी, डा. दीपेन्द्र पाण्डे, डा. युविन यादव, डा. अस्मिता पोखरेल, डा. सम्राट पराजुली, डा. नीना राई निर्वाचित भएका छन्।

प्रविधिको युगमा पनि करिब १५ हजार मत गन्न तीन दिन लाग्नुले काउन्सिलको निर्वाचन प्रक्रिया पुरानो र समयसापेक्ष नभएको भन्दै आलोचना बढेको छ। सरोकारवालाहरूले आगामी निर्वाचनमा डिजिटल मतगणना र प्रविधिमैत्री प्रणाली अपनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ