श्रीमान मेडिकल काउन्सिलको उपाध्यक्ष, श्रीमती रास्वपाको समानुपातिक उम्मेदवार


काठमाडौं। चिकित्सक जोडी डा. कुन्जाङ शेर्पा र डा. ओजस्वी शेरचन अहिले निकै चर्चामा छन्। डा. कुन्जाङ नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष निर्वाचित भएर चर्चामा आएका हुन्। डा. ओजस्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा परेकी छिन्।

रास्वपाको आदिवासी/जनजाति महिला ‘कष्टकर’मा डा. ओजस्वी शेरचन समानुपातिक सूचीमा परेकी छिन्। कुन्जाङले पनि नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष निर्वाचित भएर अर्को खुसी थपेका छन्।

स्वतन्त्र उम्मेदवार कुन्जाङले ५२३४ मतका साथ उपाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी डा. गुरुशरण साहले ४३५० मत ल्याएका छन्। ‘जेन-जी’ युगमा पनिनेपाल मेडिकल काउन्सिलको मत गणना सम्पन्न हुन ३ दिन लागेको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ