मन्त्री रामेश्वर खनालको दोहोरो चाला: अर्थमा हुँदा एउटा, सामान्य प्रशासनमा पुगेपछि अर्कै निर्णय


काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले दोहोरो चाल चान्दै आएको पाइएको छ। अर्थ मन्त्रालय हुँदा एउटा प्रस्ताव लिएर गएका खनालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेपछि अर्के निर्णय गर्ने गरेको पाइएको हो।

अर्थमन्त्री रामेश्वर खनाल कै प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले गत असोज ५ गते ‘राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीबाहेक सांसदलगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको खारेज गर्ने’, निर्णय गरेका थियो। अर्थमन्त्रीको कुर्सीमा बसेर उक्त निर्णय गर्न अहम भूमिका खेल्ने रामेश्वरले सामान्य प्रशासन प्रशासन मन्त्रालयको कुर्सीमा बसेर निस्प्रभावी बनाइ दिएका छन्।

अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पनि रामेश्वरले नै सम्हालेका छन्। सांसदहरूले स्वकीय सचिव खारेजीको निर्णय फिर्ता लिन दबाब दिँदा टेरपुच्छर नलगाएका रामेश्वरले सामान्य प्रशासनमन्त्रीको हैसियतमा जिल्ला समन्वय समितिलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेका छन्। रामेश्वरले पुस १३ गते मन्त्रीस्तरीय निर्णय गरेर जिल्ला समन्वय समितिमा उक्त निर्णय लागू नहुने परिपत्र जारी गरेका छन्। यसले उनको भूमिकामाथि प्रश्न उठेको हो।

सामान्यमा पार्वती शर्माहरूको रैदालो हेरेर बसेका रामेश्वर कै कारण अर्थमा राजस्व घटेको टिप्पणी हुन थालेको छ। यस्तै निर्णयले गर्दा उनको सुशासनको प्रतिबद्धताले फेल खाएको हो। एउटा मन्त्रालयको कर्सीमा हुँदा गरेको प्रस्ताव अर्को मन्त्रालयको कुर्सीमा बस्दा उल्ट्याएपछि रामेश्वर आलोचित बनेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ