पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत अधिकारीविरूद्ध दोस्रो भ्रष्टाचार मुद्दा
काठमाडौं। पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत अधिकारीविरूद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले गैरसुकुम्बासी नाममा विद्यालय परिसरको जग्गा दर्ता गराई भ्रष्टाचार गरेको भन्दै अधिकारीसहित ६ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
जिल्ला कास्की, साबिक कन्धानीडाँडा गाउँ विकास समिति वडा नम्बर ४ हाल कायम पोखरा महानगरपालिका वडा नम्बर २६ स्थित अमरज्योति आधारभूत विद्यालय परिसरको कित्ता नम्बर ७२५ को जग्गा गैरसुकुम्बासी नाममा दर्ता गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। उक्त प्रकरणमा राष्ट्रिय भूमि आयोग, जिल्ला समिति, कास्कीका तत्कालीन अध्यक्ष गंगाप्रसाद पोख्रेल, तत्कालीन सदस्य तथा मालपोत कार्यालय कास्की, पोखराका तत्कालीन मालपोत प्रमुख रामचन्द्र अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारले जनाएको छ।
१ करोड ४० लाख २५ हजार बिगो मागदाबीसहित विशेष अदालमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। यसअघिपोखराको लिचीबारी जग्गा प्रकरणमा अधिकारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अधिकारीसहित तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ लगायतविरुद्ध मुद्दा दायर गरेको हो। अहिले फेरि निलम्बित उपसचिव अधिकारीले दोस्रो भ्रष्टाचार मुद्दा भेटेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस