चुनावको मुखमा नुवाकोट र बागलुङ सिडिओबिहीन


काठमाडौं। चुनावको मुखमा नुवाकोट र बागलुङ प्रमुख जिल्ला अधिकारी (सिडिओ)बिहीन भएका छन्। चुनावको मुखमा जिल्लामा सिडिओ नहुँदा समस्या आउन सक्छ। यस्तो संवेदनशील अवस्थामा नुवाकोट र बागलुङ सिडिओबिहीन भएका हुन्।

गृह मन्त्रालयले पुस ११ गते नुवाकोटका सिडिओ शशीघर घिमिरेलाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरूवा गरेको हो। घिमिरेले जिल्ला छाडिसकेका छन्। गृह मन्त्रालयले घिमिरेको ठाउँमा अर्काे सिडिओ नपठाउँदा नुवाकोट सिडिओबिहीन भएको छ। २०८१ चैत अन्तिम साता नुवाकोटको कमाण्ड सम्हालेका घिमिरे ९ महिनामा कारागार पुगेका छन्। नुवाकोट भने अभिभावकबिहीन भएको हो।

गण्डकी प्रदेशको बागलुङ जिल्ला पनि सिडिओबिहीन भएको छ। बागलुङका सिडिओ कुमानसिंह गुरूङ भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेपछि उक्त जिल्ला सिडिओबिहीन भएको हो। २०८१ चैत ११ गते बागलुङको सिडिओमा हाजिर भएका गुरूङ सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा डामिएका छन्। जिल्ला पर्वत, कुस्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुँदा ‘केस’मा सिडिओ गुरुङ भ्रष्टाचारमा डामिएका हुन्। निर्वाचनको मुखमा बागलुङ सिडिओबिहीन भएको छ।

मधेश प्रदेशमा सरूवा भएका बाराका सिडिओ धर्मेन्द्रकुमार मिश्रले भने जिल्ला छाडेका छैनन्। गृह मन्त्रालयले मिश्रको ठाउँमा नयाँ सिडिओ पनि पठाएको छैन उनले जिल्ला पनि छाडेका छैनन्। मिश्रले जिल्ला छाड्नेबित्तिकै चुनावको मुखमा बारा पनि सिडिओबिहीन हुनेछ।

क्याटेगोरी : समाचार
ट्याग : #कुमानसिंह गुरूङ, #शशीधर घिमिरे

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ