पृथ्वीनारायण शाहसँग जोडिएको गोरखा संग्रहालयको कन्तबिजोग
काठमाडौं। विशाल नेपालका निर्माता पृथ्वीनारायण शाह जन्मस्थान अहिले कन्तबिजोग अवस्थामा छ। देशभर पृथ्वी जयन्ती/राष्ट्रिय एकता दिवस मनाउँदै गर्दा पृथ्वीनारायण शाहले जन्मस्थल गोरखास्थित गोरखा संग्रहालयको अवस्था कन्तबिजोग भएको हो।
पृथ्वीनारायण शाहको सम्झना झल्किने गरी बनाइएको संग्रहालय अहिले राज्यको अवहेलनामा परेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पुरातत्त्व विभागले समेत गोरखा संग्रहालयको संरक्षणमा कुनै कदम चाल्न सकेको पाइँदैन।
राष्ट्र एकीकरणका प्रतिक पृथ्वीनारायण शाहको जन्मिएको ठाउँ गोरखा संग्रहालयको अवस्था नाजुक देखिन्छ। उक्त संग्राहलय ‘डम्पिङ साइट’मा परिणत भएको छ। काठमाडौंमा बसेर ठूल्ठूला भाषण छाट्नेहरूले गोरखा दरबार र त्यो दरबारको इतिहास झल्किने संग्रहालय संरक्षणमा भने चासो दिएका छैनन्। सरकारले नै उक्त संग्रहालयलाई बेवास्ता गरिरहेको छ। उक्त संग्रहालय संरक्षणका लागि पुरातत्त्वको समेत अत्तोपत्तो छैन। यसमा सम्बन्धित सरोकारवाला निकायहरूको गम्भीर ध्यानाकर्षण हुन जरूरी छ।















तपाईको प्रतिक्रिया दिनुहोस