राष्ट्रिय स्वास्थ्य सम्मेलन सुरु

प्रधानमन्त्री देउवाले भने, ‘खाेपकाे आपूर्ति र स्वास्थ्य उपचारलाई राज्यले प्राथमिकतामा राखेकाे छ’,


काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए)ले आयोजना गरेको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (एनएमए नेसनल हेल्थ समिट) सुरु भएको हो । उक्त सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्‌घाटन गरेका छन् ।

काठमाडौंको बबरमहलमास्थित कार्की ब्याङ्कौटमा सुरु भएको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन उद्‌घाटनमा पुगेका प्रधानमन्त्री देउवाले स्वास्थ्यलाई सरकारले उच्च प्राथमिकता दिएको दाबी गरे ।

सम्मेलनको उद्‌घाटन समारोहमा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले भने, ‘खाेपकाे आपूर्ति र स्वास्थ्य उपचारलाई राज्यले  राखेकाे छ ।’, सरकारकाे उच्च प्राथमिकतामा खाेप आपूर्ति र स्वास्थ्य उपचारलाई रहेको बताउँदै उनले क्षेत्रमा सरकार सधै जिम्मेवार रहेको स्पष्ट पारे । नेपाल चिकित्सक संघकाे दाेस्रो नेशनल हेल्थ समिटमा बाेल्दै प्रधानमन्त्री देउवाले स्वास्थ्य खोप व्यवस्थापनको कुरालाई जोडतोडले उठाएका छन् ।

काेभिड-१९ महामारीको नियन्त्रणमा चिकित्सक तथा स्वास्थ्यकर्मीले खेलेकाे भूमिका निकै महत्त्वपूर्ण रहेको उनले बताए । काेभिडबाट पार पाउन नपाउँदै फेरि देश डेंगुले घेरेकाे सुनाउँदै प्रधानमन्त्री देउवाले डेंगुबाट धेरैकाे मृत्यु भएकाेप्रति गहिराे दु:ख समेत व्यक्त गरेका छन् । उनले सबैकाे साथ र सहयोगमा डेंगुलाई पनि सामान्य अवस्थामा लैजान आवश्यक देखिएको धारणा राखे ।

पूर्वाधारकाे विकास र विस्तारसँगै देशलाई आर्थिक रुपमा चलायमान बनाउन आवश्यक रहेकाे उनको तर्क छ ।

नेपाल चिकित्सक संघ (एनएमए)ले आयोजना गरेको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (एनएमए नेसनल हेल्थ समिट) आज र भोलि हुने छ । यसको उद्‌घाटन सत्रको प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री देउवा सहभागी भएका छन् । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलगायतको पनि उपस्थिति रहेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (एनएमए नेसनल हेल्थ समिट), #नेपाल चिकित्सक संघ, #नेपाल चिकित्सक संघ (एनएमए), #प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com