चुनावको मुखमा सरकारका ५ सचिव विदेश भ्रमणमा जाँदै


काठमाडौं। मन्त्रिपरिषद्को बैठकले ५ मन्त्रालयका सचिवलाई विदेश भ्रमणमा जान स्वीकृत दिएको छ। नेपाल सरकारका सचिवहरू रामप्रसाद घिमिरे, विकास देवकोटा, दिपक काफ्ले, मुकुन्दप्रसाद निरौला र भूपाल बरालको विदेश भ्रमण स्वीकृत भएको हो। उनीहरू चुनावको मुखमा विदेश भ्रमणमा जान लागेका हुन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे नेतृत्वको प्रतिनिधिमण्डलकाे चीन भ्रमण स्वीकृत गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ। बैठकले स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने डब्लुएचओको कार्यक्रममा सहभागी हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटालाई स्वीकृति दिइएको हो।

मोरक्कोमा आयोजना बालश्रम उन्मुक्तिसम्बन्धी कार्यक्रममा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लेलाई स्वीकृति प्रदान गरिएको छ। स्पेनको म्याड्रिडमा आयोजना हुने अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई सहभागी हुन स्वीकृति दिने निर्णय गरिएको हो। अर्थ मन्त्रालयका सचिव (राजस्व) भूपाल बरालको मेक्सिको भ्रमण स्वीकृत पनि स्वीकृत भइसकेको छ।

यता इटालीको रोममा आयोजना हुने कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री डा. मदन परियारलाई सहभागी हुने स्वीकृत दिने निर्णय समेत मन्त्रिपरिषद्को बैठकले गरेको छ। चुनावको मुखमा मन्त्री र सचिवहरू विदेशिन लागेका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ