एक भोजपुरेको जागिर जादा अर्काले पाए
काठमाडौं। एउटा भोजपुरेको जागिर जाँदा अर्का भोजपुरले जागिर पाएका हुन्। मन्त्रिपरिषद्को बैठकले भोजपुर भुल्केका उद्धवप्रसाद तिमल्सेनाको राजीनामा स्वीकृत गरेको छ।
समस्याग्रस्त संस्था तथा संघको व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य तिमल्सेनाको राजीनामा स्विकृत भएको छ। उक्त ठाउँमा मधुकर रानाले जागिर पाएका छन्।
भोजपुर भुल्केका तिम्ल्सेनाको जागिर गएकै दिन जरायोटारका गोविन्दप्रसाद भण्डारीले जागिर पाएका हुन्। अखण्ड नामले प्रख्यात गोविन्दप्रसाद भण्डारीलाई सरकारले गोरखापत्र संस्थानको अध्यक्ष बनाएको हो। मन्त्रिपरिषद्को निर्णयमा भण्डारीको ठेगाना भक्तपुर उल्लेख भएपनि उनी भोजपुर जरायोटारका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस