बालेन र सोविताले मैदान छाडेपछि काठमाडौं-२ मा राप्रपाका प्रदेश सांसद केसीले पाए टिकट
काठमाडौं। प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर दुईबाट निर्वाचित सोविता गौतम र बालेन शाहले मैदान छोडेपछि सुनिल केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट टिकट पाएका छन्। राप्रपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित केसी राजीनामा दिएर रास्वपाबाट काठमाडौं-२ बाट टिकट लिन सफल भएका छन्। बालेनका लागि सोवितालाई उक्त क्षेत्र छाड्न लगाइएको चर्चाका बीच राप्रपाबाट बागमती प्रदेशसभा सदस्य बनेका केसीले बाजी मारेका हुन्।
काठमाडौं-२ बाट प्रतिनिधिसभामा निर्वाचित रास्वपा सांसद चितवन झरेकी छिन्। बालेन केपी शर्मा ओलीसँग भिड्न झापा गएका छन्। प्रदेशसभा त्यागेर आएका राप्रपाका केसीलाई काठमाडौं-२ बाट राजस्वपाले टिकट दिएको हो।
क्याटेगोरी :
समाचार



तपाईको प्रतिक्रिया दिनुहोस