बालेनले गरे पाथीभरा देवीको दिव्य दर्शन


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पाथीभरा देवीको दिव्य दर्शन गरेका छन्। बालेन शुक्रबार एकाबिहानै पाथीभरा देवीको दर्शन गर्न पुगेका हुन्। उनी पाथीभरा देवीको दर्शन गरेर प्रफूल्लित देखिन्छन्। बिहीबार पाथीभरा डाँडाको माथिल्लो फेदीमा बास बसेर उनी शुक्रबार पाथीभरा माताको दर्शन गर्न पुगेका हुन्। पाथीभरा देवीको दर्शन गर्न बालेनको टोली पर्यटनको सिजन अफ भएका बेला पाथीभरा क्षेत्रमा पुगेपछि उत्साह छाएको छ।

बालेनका सल्लाहकार कुमार बेनलाई साथमा लिएर ताप्लेजुङतिरको यात्रा तय गरेका हुन्। बालेनले ताप्लेजुङ पाथिभरा ‘मुकुम्लुङ’ मा पुजाआजा र दर्शन गरेका छन्।

बालेनको टोली शुक्रबार नै निर्वाचन क्षेत्र झापा-५ दमक फर्किने कार्यतालिका रहेको छ। जानकी माताको आर्शीवाद लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव भिड्न झापा पुगेका बालेन पाथीभरा मातसँग शक्ति मागेर दमक फर्किनेछन्। उनी मदनभण्डारीको जन्म घर ढुंङ्गेसाँधु पुग्ने सम्भावना पनि छ। यसले पूर्वी नेपालको पर्यटन र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ