बागमती प्रदेशको जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण गर्न दिइयो भक्तपुरमा ५ रोपनी जग्गा
काठमाडौं। बागमती प्रदेशको जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण गर्न भक्तपुरमा ५ रोपनी जग्गा दिइएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कार्यालय भवन निर्माणका लागि भक्तपुरमा उक्त जग्गा उपयोग गर्न दिइएको हो।
नेपाल सरकारको नाममा दर्ता रहेको भक्तपुर जिल्लामा रहेको पाँच रोपनी जग्गा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कार्यालय भवन निर्माण गर्ने प्रयोजनका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई उपयोग गर्न स्वीकृत दिने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ।
यस्ता छन् मन्त्रिपरिषद्का ८ निर्णय




तपाईको प्रतिक्रिया दिनुहोस