कांग्रेस कोटाबाट बनेका ४ राजदूत परराष्ट्रमै ढुकिरहेका छन् गौडा


काठमाडौं। विशेष अधिवेशनबाट गगनकुमार थापा सभापति बनेसँगै नेपाली कांग्रेस सुधारिएको चर्चा चल्न थालेको छ। कांग्रेस पुरानो शैली छाडेर बदलिएको र अब देश बदल्ने अठोटका साथ निर्वाचनमा होमिएको पाइन्छ। तर, उक्त पार्टीको विकृत रूप अझै सत्तामा देखिन्छ।

नेपाली कांग्रेसको कोटाबाट राजदूत बनेकाहरू अझै पनि परराष्ट्र मन्त्रालयमा हाजिर गरेर तलब पचाइरहेका छन्। सुधारिएको दाबी गरिएको कांग्रेसलाई समेत माथ खुवाउने गरी सरकारले फिर्ता बोलाएका राजदूतहरू अझै परराष्ट्र मन्त्रालयमा गौडा ढुकेर बसेका हुन्। जापानबाट फिर्ता भएका डा. दुर्गाबहादुर सुवेदी, जर्मनीबाट फिर्ता आएका डा. शैल रुपाखेती, इजरायलबाट धनप्रसाद पण्डित र स्पेनबाट फिर्ता आएका शनिल नेपाल परराष्ट्र मन्त्रालयमा हाजिर गरेर तलब पकाउन सक्रिय छन्। साउदी अरबबाट फिर्ता फिर्ता बोलाइएका

नरेशविक्रम ढकालले राजीनामा टाप ठोक्दा पनि सुवेदी, रूपाखेती, पण्डित र नेपाल ‘एम्बेसडर्स रूम’मै रूमल्लिरहेका छन्। उनीहरूको कदमले सुधारिएको कांग्रेसलाई समेत धक्का लागेको देखिन्छ।

अमेरिकाबाट फिर्ता आएका लोकदर्शन रेग्मी, बेलायतका चन्द्रकुमार घिमिरे,चीनका कृष्णप्रसाद ओली, मलेसियाका नेत्रप्रसाद तिमल्सिना, रूसका जङ्गबहादुर चौहान, कतारका रमेश पौडेल र साउदी अरबका नरेशविक्रम ढकालले राजदूतबाट राजीनामा दिइसकेका छन्। फिर्ता बोलाइएका ७ जना राजदूतले राजीनामा दिएर बाटो तताएपनि ४ जना कांग्रेसी राजदूतहरू सुवेदी, रूपाखेती, पण्डित र नेपाल निर्लज्ज तरिकाले परराष्ट्रको गैडा ढुकेर बसिरहेका हुन्। उनीहरूको गतिविधिले सुधारिएको कांग्रेसलाई समेत उधारर्ने काम भइरहेको आरोप लाग्न थालेको छ। राज्यले नपत्याए पनि उनीहरू लिसो टाँसिएजस्तै परराष्ट्र मन्त्रालयमा टाँसिएर बसिरहेका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ