कुवेतको स्वास्थ्य मन्त्रालयले ७ सय २९ नेपाली स्वास्थ्यकर्मी माग्यो 


काठमाडौं । कुवेतको स्वास्थ्य मन्त्रालयले ७ सय २९ नेपाली स्वास्थ्यकर्मी मागेको छ ।  नेपालको ओमेगा इन्टरनेसनलले उक्त जनशक्ति व्यवस्थापनको जिम्मा लिएको छ ।

कवेतको स्वास्थ्य मन्त्रालयमा काम गर्न बिएस्सी नर्सिङ, स्टाफ नर्स, एचए, डेन्टल टेक्निसियन, डेन्टल हाइजिनिस्ट र डेन्टल एक्सरेमा काम गर्न स्वास्थ्यकर्मी माग भएको हो ।

कुवेत सरकारले बिएस्सी नर्सिङमा महिला मागेको छ । जसको न्यूनतम तलब १ लाख २५ हजार रुपैयाँ तोकेको छ । १ लाख १० हजार खाने गरी स्टाफ नर्समा पनि महिला नै मागेको हो ।एचए, डेन्टल टेक्निसियन, डेन्टल हाइजिनिस्ट र डेन्टल एक्सरेमा काम गर्न महिला पुरुष दुबैले आवेदन गर्न सक्छन् । ती पदका लागि पनि मासिक १ लाख १० हजार तलब तोकिएको छ ।

सिटिइभिटी वा अन्य कुनै कलेज युनिभर्सिटीबाट ३ वर्षको कोर्ष पूरा गरी सम्बन्धित काममा कम्तिमा ३ वर्षको अनुभव भएको हुनुपर्छ ।

सिएमए, अनमी लगायत अन्य ३ वर्ष भन्दा कम करिकुलम सर्टिफिकेट भएका हकमा ओमेगा इन्टरनेसनलले नै छनौट गर्ने जनाएको छ ।

 

क्याटेगोरी : विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ