टेकुस्थित शुक्रराज अस्पतालमा फेरि नियमित खोप कार्यक्रम सञ्चालन


काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आजदेखि फेरि नियमित खोप कार्यक्रम सञ्चालनमा आएको छ । बिहान १० बजेदेखि नियमित खोप कार्यक्रम सञ्चालन भएको अस्पतालले सार्वजनिक जनाएको छ ।

अस्पतालकी निर्देशक डा. मनिषा रावलले जारी गरेको सूचना बमोजिम आजदेखि अस्पतालमा कोभिड-१९ विरुद्धको नियमित खोप कार्यक्रम सञ्चालन आएको हो ।

५० जनाभन्दा बढी कोभिड-१९ विरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारी संक्रमित भएको कारण देखाउँदै अस्पतालले खोप कार्यक्रम माघ १६ गतेसम्म स्थगित गरेको थियो । माघ १६ गतेसम्म स्थगित भएको खोप कार्यक्रम फेरि  आजैबाट सुचारू भएको हो  ।

काठमाडौं महानगरपालिका, स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी, काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले कोभिड-१९ विरुद्धको खोप कार्यक्रम ११ गतेदेखि नियमित सञ्चालन हुने अस्पताल निर्देशक डा. रावलको भनाई छ ।

 

 

क्याटेगोरी : विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com