गृहमा सिडिओ बनाउन आधा दर्जन सहसचिव आवश्यक, सामान्यबाट ३ जना सहसचिव भित्रिए


काठमाडौं। गृह मन्त्रालयमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनाउन आधा दर्जन सहसचिव आवश्यक रहेको छ। सहसचिवको दरबन्दी भएको जुम्ला, जाजरकोट, अछाम, डोटी र बैतडीमा उपसचिव रहेका छन्। उक्त ठाउँमा सहसचिव सिडिओ खटाउनु पर्ने हुन्छ। गृह मन्त्रालयमा सहसचिवहरू डिजन भट्टराई, खडानन्द अधिकारी र कृष्णप्रसाद खनाल सरूवा भएका छन्। गृह मन्त्रालयको बरण्डामा सहसचिव निराजन घिमिरे हल्लिरहेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ३ जना सहसचिव भित्रिएपछि सहसचिवको दरबन्दीमा सिडिओ व्यवस्थापन गर्न सहज हुने देखिन्छ।

सहसचिवको दरबन्दी रहेको जुम्लामा उपसचिव दिपक पौडेल, जाजरकोटमा राजुप्रसाद पौडेल, अछाममा यज्ञ बहादुर बुढा, डोटीमा कल्पना घिमिरे नेपाल र बैतडीमा उपसचिव कृष्ण थापा सिडिओ छन्। उनीहरूलाई विस्थापित गर्ने गरी गृहमा सिडिओ बनाएर पठाउन ३ जना सहसचिव भित्र्याइएको हो।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ