वीरगञ्ज महानगरपालिकामा बल्ल सहसचिव प्रमुख प्रशासकीय अधिकृत, ४ उपमहानगरपालिकामा सहसचिव खटाइयो
काठमाडौं। लामो समयपछि वीरगञ्ज महानगरपालिकामा सहसचिवलाई प्रमुख प्रशासकीय अधिकृत पठाइएको छ। सहसचिवको दरबन्दी रहेको वीरगञ्ज महानगरपालिकामा लामो समयदेखि उपसचिव अरविन्द लाल कर्णले रजगज गर्दै आएका थिए। अहिले वीरगञ्ज महानगरपालिकामा सहसचिव रेशमलाल कँडेललाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको हो।
उपसचिवले रजगज गर्दै आएको धरान, ईटहरी, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकामा पनि सहसचिव खटाइएको छ। धरान उपमहानगरपालिकामा सहसचिव तीर्थराज राई, ईटहरीमा महेश पराजुली, नेपालगञ्जमा मानबहादुर बम र धनगढी उपमहानगरपालिकामा जनकराज भट्ट प्रमुख प्रशासकीय अधिकृत बनेका छन्। यी उपमहानगरपालिका लामो समयदेखि उपसचिवले प्रमुख प्रशासकीय अधिकृत भएर चलाउँदै आएका थिए। सरकारले यी उपमहानगरपालिकामा सहसचिवलाई प्रमुख प्रशासकीय अधिकृत खटाएको हो।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस