निर्वाचनको दिन आवश्यकता अनुसार आन्तरिक उडान हुने
काठमाडौं। निर्वाचनको दिन आवश्यकता अनुसार आन्तरिक उडान हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले फागुन २१ गते बिहीबार देशका सबै प्रकारका आन्तरिक उडानहरू आवश्यकता अनुसार सञ्चालन हुने जनाएको हो।
मध्य-पूर्वी गन्तव्यहरूको उडानबाहेक अन्तर्राष्ट्रिय उडानहरू सामान्य रूपमा सञ्चालन हुने प्राधिकरणले जनाएको छ। निर्वाचनका दिन मतदातालाई आन्तरिक विमानस्थल प्रयोग गरेर मतदानस्थलमा पुग्न मिल्ने गरी प्राधिकरणले व्यवस्था मिलाएको हो।


तपाईको प्रतिक्रिया दिनुहोस