हैजा नियन्त्रणमा लिन आज खाेप आउँदै


काठमाडौं । गत १८ असाेज देखि कपिलवस्तुमा फैलिएको झाडापखाला नियन्त्रणमा नआएपछि अमेरिकाबाट आज खाेप आउदैछ ।७ जनाकाे ज्यान लिनेगरी फैलिएको हैजा नियन्त्रण बाहिर गएपछि खाेपकाे आवश्यकता परेकाे हाे ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पाैडेलले हैजा विरुद्धको खाेप दिउसाे तीन बजे नेपाल आईपुग्ने छ । उक्त खाेप एक हप्ता भित्र प्रभावित क्षेत्रमा लगाइने छ । पाेडेलका अनुसार २ लाख ५२ हजार ३ सय ६३ डोज आउने छ।

हाल सम्म १३ सय ६४ जना भन्दा बढि प्रभावित भएका छन् । दैनिक ३ देखि ४ जनाका दरले नयाँ बिरामी थपिएका छन् ।

खाेप कहाँ कहाँ लगाउने

‘ओरल कलेरा भ्याक्सिन’ नाम दिएकाे खाेप  नेपालमा सम्भवत पहिलाे पटक ल्याइएको अधिकारीहरु बताउँछन् ।

सरकारले कपिल्वस्तुका प्रभावित क्षेत्र कृष्णनगरमा ६० हजार ७ सय ४३ जना, महाराजगञ्जमा ५३ हजार १ सय ५६ जना, शिवराजमा ६४ हजार ७ सय ७८ जना, बिजयनगरमा ३५ हजार ९ सय ३ जना र यसोधारामा ३७ हजार ७ सय ८३ जना गरी २ लाख ५२ हजार ३ सय ६३ जनालाई हैजा विरुद्ध खोप लगाइने भएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com