डब्लुएचओ निगरानी

कोभिडका नाममा डब्लुएचओद्वारा सातै प्रदेशका संयोजकमा राजनीतिक नियुक्ति, को कुन पार्टीका?


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालले कोभिड–१९ का नाममा सातै प्रदेशमा सातजना व्यक्तिको राजनीतिक नियुक्ति गरेको पाइएको छ । एमाले सरकारमा भएको बेला सन् २०१९ डिसेम्बरमा कोभिड फोकल पर्सन भन्दै सातवटै प्रदेशमा क्षमतावान भन्दा पनि राजनीतिक रुपमा नियुक्ति गरेर पठाएको स्वास्थ्य लाइभले फेला पारेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव थिए । उनीहरुले फोकल पर्सनका नाममा आफ्ना मान्छे राखेका छन् । आफ्नो स्वार्थ पूरा गर्न डब्लुएचओ नेपालले पनि आवश्यक प्रक्रिया पुरा गरेर देखाएर राजनीतिक नियुक्तिलाई मान्यता दिएको छ ।
चीनको वुहान शहरबाट कोरोना फैलिएपछि विश्व स्वास्थ्य संगठन डब्लुएचओले सन् २०१९ को डिसेम्बरमा सातै प्रदेशमा संयोजक तोकेको थियो । स्वास्थ्य लाइभलाई प्राप्त सूचीअनुसार प्रदेश नम्बर एकको संयोजकमा हरिकृष्ण भट्टराई छन् । भट्टराई एमालेको कोटाबाट प्रवेश गरेका हुन् । त्यस्तै प्रदेश नम्बर दुईमा उपेन्द्र यादव (जसपा) को कोटाबाट रमेश यादवलाई राखिएको छ । बागमती प्रदेशमा पनि उपेन्द्र यादव (जसपा) को कोटाबाट राजकुमार महतो राखिएको छ ।तर, महतो हाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
गण्डकी प्रदेश संयोजकमा भानु योङदेन छन् । याङदेन नेकपा एमालेले आवद्ध हुन् । प्रदेश नम्बर ५ को संयोजकमा एमालेका हरि भुषाल छन् । यता प्रदेश नम्बर ६ मा एमालेका प्रेदीप अधिकारी छन् । सुदुरपश्चिम प्रदेशमा भने उपेन्द्र यादव (जसपा) को कोटाबाट कृष्ण कुमार देव परेका छन् । केन्द्रीय संयोजकमा हालै स्वास्थ्य मन्त्रालयबाट सेवा अवकास भएका गिरीराज सुवेदी छन् । सुवेदी पनि एमाले निकट कर्मचारी हुन् । सातै जनाको नेतृत्व सुवेदीले गरेका छन् ।
‘स्वास्थ्य मन्त्रालयका एक जना अधिकारीले भने, ‘सन् २०१९ मा कोभिड देखिएपछि एक वर्षका लागि संयोजक माग गरिएको थियो । तर, केस बढ्दै जादा उनिहरुको म्याद पनि थपिँदै गएको छ । अहिले दुई वर्ष भएको छ । उनीहरुलाई हटाउने विषयमा कुनै निर्णय भएको छैन ।’,
पाटीले सिफारिस गरेको भएपनि पेशाको हिसाबले उनीहरु सबै पब्लिक हेल्थमा आवद्ध व्यक्ति हुन् । संयोजक नियुक्ति गर्दा ठूलो राजनीतिक दवाव झेलेका अधिकारीहरुले बताए । केन्द्रीय संयोजक सुवेदीकाअनुसार प्रदेशमा खटाएका संयोजकले आवश्यक नीति निर्माण बनाउन सहयोग गर्दै आएको छन् । तर, स्वास्थ्य मन्त्रालय भने उनीहरू कुनै पनि काम नभएको बताउँछ । स्वास्थ्य लाइभसँगको कुरामा प्रदेश सरकारका अधिकारीहरू सुवेदीको दाबीअनुसार डब्लुएचका प्रदेश संयोजकले सहयोग नगरेको स्पष्ट पारे ।
डब्लुएचआले ८ जना कर्मचारी राख्न कागजी रुपमा सबै प्रक्रिया पूरा गरेको छ । तर, राख्ने बेलामा मन्त्री र पार्टीले सिफारिस गरेका व्यक्ति मात्रै राखिएको ती अधिकारीले बताए । एउटा फोकल पर्सनले मासिक रूपमा २ लाख ८३ हजार रुपैयाँ तलब बुझ्दै आएका छन्।
स्वास्थ्य लाइभले आइतबार मात्रै डब्लुएचओमा कमजोर स्वास्थ्यकर्मी त्यसमा पनि ९३ प्रतिशत बंगलादेश, थाइल्याण्ड, इन्डोनेसीया, चीन, फिलिपिन्समा लगायतका देशमा पढेर आएका भनी समाचार लेखेको थियो । कमजोर व्यक्ति डब्लुएचओमा आवद्ध हुदा स्वदेशका बीपी कोइराला धरान, शिक्षण अस्पताल महाराजगञ्ज जस्ता अन्तराष्ट्रिय स्तरका मेडिकल कलेजमा पढेकाले ठाउँ पाएका छैनन् । अधिकारीहरु भन्छन् नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक लाइसेन्स परिक्षामा सबै भन्दा बढी अर्थात कुनै बेला सत प्रतिशत विद्यार्थी यी नै देशका फेल हुने गरेका छन् ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओ नेपालमा करिब तीन सय कर्मचारी आवद्ध हुदा ७ प्रतिशत मात्रै प्रतिभावान छन् । अधिकारीहरुले बताए अनुसार ९३ प्रतिशत स्वास्थ्यकर्मी थोरै नम्बर ल्याएका कमजोर छन् । प्रतिभावान स्वास्थ्यकर्मीले पछिल्लो समय डब्लुएचओमा जागिर पाउँदैनन् । नेपालको डब्लुएचओमा व्याप्त मात्रामा राजनीतिक घुसेका कारण उनिहरुको दवावमा कर्मचारी भर्ति हुने गरेका छन् । संयोजक नियुक्तिमा पनि त्यही भएको अधिकारीहरु बताउँछन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com