ओम्नी काण्डमा मुछिएका पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पराजित
काठमाडौं। कोरोनाकालमा स्वास्थ्य सामग्री खरिद घोटाला (ओम्नी काण्डमा) मुछिएका तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल तेह्रथुमबाट पराजित भएका छन्। प्रतिनिधिसभा निर्वाचन-२०८२ मा नेकपा एमालेबाट उम्मेदवार बनेका ढकाल नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बासँग पराजित भएका हुन्। सुब्बाले ११५६१ मत ल्याएर विजयी हुँदा ढकालको १०६८२ मत आएको छ।
कांग्रेसका सुब्बा र एमालेका उम्मेदवार पूर्व स्वास्थ्यमन्त्री ढकालबीच ८७९ को मतान्तर रहेको छ। अघिल्लोपटकको निर्वाचनमा मोरङ ३ बाट सुनिल कुमार शर्मासँग हारेर यसपटक तेह्रथुम उक्लिएका ढकालले नराम्रोसँग हार चाखेका छन्। सुशासन कायम गर्ने र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने बालेन नेतृत्वको सरकारले ओम्नी काण्डको फाइल खोल्ने निश्चित छ। त्यसको प्रतिवाद गर्न ढकाल संसद्मा छिर्न नपाउने भएका छन्। ओम्नी काण्डको छानबिन दायरमा आउने निश्चित भएका ढकाललाई तेह्रथुमे मतदाताले दण्डित गरेका हुन्।
ढकाल जेन-जी आन्दोलनपछि भएको नेकपा एमालेको महाधिवेशनमा सचिव भएका थिए। आम मतदाताले भने उनलाई तिरस्कृत गरेका छन्। ढकाल तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको स्वास्थ्यमन्त्री रहेका थिए। त्यसैबेला ओम्नी काण्ड घटेको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस