वरिष्ठ क्यान्सर राेग विशेषज्ञ डा शाही बने अध्यक्ष


काठमाडौं । इनोभेटिभ फाउण्डेशन फर हेल्थ एण्ड रिसर्चकाे चौथो साधारण सभाले वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा जनस्वास्थ्य बिद डाक्टर अरुण शाहीलाई   अध्यक्षमा सर्वसम्मत चयन गरेको छ।

शनिबार एक कार्यक्रमका बीच इनोभेटिभ फाउण्डेशन फर हेल्थ एण्ड रिसर्चकाे नयाँ  कार्यसमिति चयन गरेकाे हाे ।  डा शाहीकाे अध्यक्षतामा ९ सदस्य कार्यसमिति गठन गरिएको छ। उक्त समितिकाे उपाध्यक्षमा डा. ईला सिंह राठौर , महासचिवमा अमूल श्रेष्ठ , सचिबमा टेक बहादुर थापा, कोषाध्यक्षमा पवन प्रकाश धामी छनौट भएका छन्।

त्यसैगरी सदस्यहरुमा महेन्द्र गिरी ,संजिव कुमार , अजिता घिमिरे , सकिल धोबी र हरिकला थापा चयन भएका छन् । उक्त संस्थाले विगतको वार्षिक गतिविधीको छलफल गरि अगामि भविष्यमा गर्ने काम र कार्ययोजना तयार गरेकाे छ

जन स्वास्थ्यको क्षेत्रमा नविनतम अनुसन्धान, स्वास्थ्य सम्बन्धि  कार्यक्रम, तालिम जस्ता काम यश सस्थाले गर्ने उदेश्य लिएकाे छ । अध्यक्ष डा अरुण शाहीका अनुसार सस्थाले जनस्वास्थ्य सम्बन्धी विविध जनचेतनामूलक कार्यक्रमहरु र अनुसन्धानमूलक क्रियाकलाप गर्दै आएको छ।  अध्यक्ष डा शाहीले क्यान्सर विशेषज्ञका रुपमा अन्तर्राष्ट्रिय स्तरमा राम्रो छबि बनाएका छन् ।

अध्यक्ष डा शाहीले क्यान्सर सम्बन्धी अनुसन्धान नेपालमा धेरै कम भइरहेको भन्दै यस क्षेत्रमा विशेष कार्यक्रम मार्फत जन स्वास्थ्यको क्षेत्रमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

यता महासचिव अमुल श्रेष्ठका अनुसार जनस्वास्थ्य क्षेत्र नेपालको लागि अति नै चुनौतिपूर्ण भएकाले देशको समग्र विकासको लागि यस क्षेत्रमा विशेष कार्यक्रम जस्तै : बाल स्वास्थ्य, प्रजनन् स्वास्थ्य पोषण सरुवा रोग नसर्ने रोगको क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताए।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com