प्रधानमन्त्रीसहित १८ सदस्यीय मन्त्रिपरिषद् बनाउने बालेनको तयारी
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारमा बढीमा १८ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्रमा भएको व्यवस्थाअनुसार मन्त्रिपरिषद् १८ सदस्यीयमा सीमित गरेर सन्देश दिन खोजिएको हो। संविधानले २५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने अधिकार दिएको छ। तर, ‘जेन-जी’ आन्दोलनको स्पिरिट, सुशासन र मितव्ययिताको नीतिलाई आत्मसात गर्दै छरितो क्याबिनेट बनाउन खोजिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनाल त १५ सदस्यीय क्याबिनेट बनाउने गृहकार्यमा रहेको बताउँछन्। तर, परिस्थिति हेर्दा १८ सदस्यीय क्याबिनेट बन्ने देखिन्छ। खानेपानी र सहरी विकास जस्ता मन्त्रालय गाभ्ने सम्भावना देखिन्छ। अन्य मन्त्रालय पनि आवश्यक र औचित्यका आधारमा एक आपसमा गाभेर अहिलेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ बाट घटाएर १८ मा सीमित गर्ने सम्भावना देखिन्छ। सुशिला कार्कीले नै धेरै मन्त्री नचाहिने म्यासेज दिइसकेकी छिन्। यसले पनि क्याबिनेट १८ भित्रै सीमित गर्न मद्दत पुगेको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस