पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ डेंगु संक्रमित


काठमाडौं । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ डेंगु संक्रमित भएका छन् । ज्वरो आएपछि परीक्षण गराउँदा उनलाई डेंगु संक्रमण पुष्टि भएको हो ।

पर्यटनमन्त्री श्रेष्ठ डेंगु संक्रमणका कारण अहिले घरमै आराम गरिरहेका छन् । काठमाडौँमा अहिले डेंगुको संक्रमण व्यापक रूपमा बढेको छ । बानेश्वर, अनामनगरमा, बुद्धनगरलगायतका क्षेत्रमा डेंगु संक्रमण फैलिएको छ । डेंगु संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले समेत सक्रियता बढाएका छन् ।

डेंगु संक्रमित थपिँदै गएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिरामी व्यवस्थापन गर्न मुस्किल परिरहेको छ । एउटै बेडमा दुईजना डेंगुका बिरामी राखेर उपचार गरिरहेको अस्पताल प्रशासनले जनाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com