अल्फाबिटामा मात्र होइन दिपक मल्होत्राको डोजर लगाउँदा पनि महेश बस्नेत फिल्डमा उत्रिएका थिए


काठमाडौं । अल्फाबिटा कम्प्लेक्समा डोजर चलाएपछि एमाले नेता महेश बस्नेत र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच दोहोरी चलेको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा आफूहरू समेत मिलेर कसैको सन्की र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने छौँ भन्ने लेखेका छन् ।

बालेन शाहले अल्फाबिटा कम्प्लेक्समाथि डोजर किन लगाएको भन्ने प्रश्नबाट लेख्न थालेका बस्नेतले आफूहरूसँग नजिक भएर फोटो लिएका कारण हो भने आफूहरू समेत मिलेर कसैको सन्की र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने छौँ भन्ने कुरा लेखेका हुन् । बालेन शाहले पनि आफूसँग खिचेको फोटो राख्दै नक्सा पास अनुसार घर निर्माण नगरेको भएर भन्ने बस्नेतले लेखेको पहिलो कारण नै हो भनेका छन् । तर अल्फाबिटा कम्प्लेक्समा डोजर चल्दा मात्र एमाले नेता बस्नेत बोलेका हैनन् । काठमाडौं महानगरपालिका वडा नम्बर ११ बबरमहलस्थित व्यापारी दीपक मल्होत्राले अवैध रूपमा हडपेको २ रोपनी १४ आना जग्गामा डोजर चल्दा पनि महेश बस्नेत फिल्डमा पुगेका थिए ।

त्यसै क्षेत्रबाट निर्वाचित बागमती प्रदेशका प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठले व्यापारी मल्होत्राले सरकारी जग्गा हडपेर बनाएको अवैध संरचनामा डोजर लगाएर सार्वजनिक प्रयोगमा ल्याएका थिए । त्यसको भोलिपल्टै मल्होत्रा र बस्नेत फिल्डमा पुगेर शक्ति प्रदर्शन गरेका थिए ।   अल्फाबिटामा मात्र होइन दिपक मल्होत्राको डोजर लगाउँदा पनि महेश बस्नेत फिल्डमा उत्रिएका थिए ।

दिपेन्द्र श्रेष्ठले भत्काएको संरचना अहिले बालेनले डोजर लगाएको अल्फाबिटाभन्दा ठूलो हो । सरकारी जग्गामा अनधिकृत रजाइँ गरेर उक्त संरचना मल्होत्राले ओलम्पिया स्कुललाई भाडामा लगाएका थिए । महानगरपालिकाको तत्कालीन नेतृत्वले सरकारी जग्गा हडपेर बनाएको संरचना भत्काउन अटेरी गरेपछि श्रेष्ठ आफैं डोजर लिएर भत्काउन पुगेका थिए । त्यसपछि बस्नेत र मल्होत्रा फिल्डमा पुगेका थिए ।

क्याटेगोरी : समाचार
ट्याग : #दिपेन्द्र श्रेष्ठ, #बालेन शाह, #महेश बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com