गौतमपछि शिक्षातिरका अर्याल बने महालेखा नियन्त्रक
काठमाडौं। सूर्यप्रसाद गौतमपछि बैकुण्ठप्रसाद अर्याल शिक्षातिरबाट दोस्रो महालेखा नियन्त्रक बनेका छन्। शिक्षा प्रशासनबाट गौतम पहिलोपटक महालेखा नियन्त्रक बनेका थिए। उनीपछि शिक्षातिरका अर्याल महालेखा नियन्त्रकको जिम्मेवारी पाउन सफल भएका हुन्।
सचिवमा बढुवा भएपछि गौतम सीधै महालेखा नियन्त्रकमा पदस्थापन भएका थिए। अर्याल भने सुदूरपश्चिमको प्रमुख सचिव भएर दोस्रो कार्यालयका रूपमा महालेखा नियन्त्रक बनेर आएका हुन्। गौतम पाँच वर्ष सचिव चलाएर घर गएका थिए। अर्यालको पनि ५ वर्ष भ्याउने उमेर छ।
विविध सेवा (शिक्षा)बाट सचिव बनाउन थालेपछि उक्त समूहबाट ठूलो संख्यामा सचिव बनिसकेका छन्। उक्त सेवा/समूहबाट देवकुमारी गुरागाईं, सूर्यप्रसाद गौतम, टेकनारायण पाण्डे, खगेन्द्रप्रसाद नेपाल, हरिप्रसाद लम्साल, चूडामणि पौडेल, खगेन्द्रप्रसाद सुवेदी, कमलप्रसाद पोखरेल, कृष्णप्रसाद काप्री र बैकुण्ठप्रसाद अर्याल सचिव बनिसकेका छन्। गुरागाईं, गौतम, पाण्डे, नेपाल, लम्साल, सुवेदी र पोखरेल घर गइसकेका छन्। अब पौडेल, काप्री र अर्याल बाँकी छन्।
शिक्षा प्रशासन कै अणप्रसाद न्यौपाने सचिव हुने लाइनमा रहेका छन्। शिक्षाका पाण्डे त गृहसचिव भएर जेल जीवन बिताइरहेका छन्। पछिल्लो समयमा शिक्षाबाट ठूलो संख्यामा प्रशासन सेवाका सचिव बनेको पाइन्छ।
क्याटेगोरी : समाचारट्याग : #कमलप्रसाद पोखरेल, #कृष्णप्रसाद काप्री, #खगेन्द्रप्रसाद नेपाल, #खगेन्द्रप्रसाद सुवेदी, #चूडामणि पौडेल, #टेकनारायण पाण्डे, #देवकुमारी गुरागाईं, #बैकुण्ठप्रसाद अर्याल, #सूर्यप्रसाद गौतम, #हरिप्रसाद लम्साल


तपाईको प्रतिक्रिया दिनुहोस