पशुपतिनाथ मन्दिरमा ३ बजेदेखि नै दर्शन गर्ने सकिने
काठमाडौं। तीजको दिनको अवसरमा सोमबार पशुपतिनाथ मन्दिरमा ३ बजेदेखि दर्शन गर्ने व्यवस्था मिलाइएको छ। चारै वटा ढोका बिहान ३ बजेदेखि नै खुला गरेर दर्शको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
पशुपति क्षेत्र विकास कोषले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै तीजका दिन व्रतालु तथा दर्शनार्थीहरूलाई सहज, व्यवस्थित र सुरक्षित रूपमा दर्शन गराउन आवश्यक सम्पूर्ण प्रबन्ध मिलाइएको जनाएको छ। यस वर्ष पनि विगतझैं कुनै पनि प्रकारको विशेष पूजा तथा विशेष दर्शन पासको व्यवस्था नगरिएको कोषले स्पष्ट पारेको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस