परराष्ट्रका सहसचिव ढुंगाना अवकाशमा, ३ महिनापछि ढकाल घर जाँदै
काठमाडौं। परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना अनिवार्य अवकाशमा गएका छन्। ढुंगाना ५८ वर्ष उमेर पुरा भएर घर गएका हुन्।
क्यानडाको राजदूत चलाएर फर्किएका ढुंगाना उत्तर पूर्व एसिया महाशाखा प्रमुख रहेका थिए। उनी लामो समय परराष्ट्र सेवामा विताएर अवकाशमा गएका छन्। परराष्ट्र मन्त्रालय अवकाश प्राप्त सहसचिव ढुंगानालाई बिदाइ गरिसकेको छ। उनी परराष्ट्र सेवाबाट सेवानिवृत्त भएका हुन्।
परराष्ट्रका अर्का सहसचिव गणेशप्रसाद ढकाल ३ महिनापछि अनिवार्य अवकाशमा जाने सूचीमा छन्। ढकाल ५८ वर्ष पूरा भएर पुस पहिलो साता घर जान लागेका हुन्। ढकाल पनि एक कार्यकाल थाइल्याण्डको राजदूत चलाएर फर्किएका परराष्ट्रका सहसचिव हुन्। ढुंगाना अवकाशमा गएपछि ढकाल अवकाशको पर्खाइमा रहेका छन्।
ट्याग : #गणेशप्रसाद ढकाल, #भृगु ढुंगाना


तपाईको प्रतिक्रिया दिनुहोस